११औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न

- Monday, September 25th, 2017
काठमाडौं ३० असोज, २०७४ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल को आयोजना तथा कृषि बिकास मन्त्रालयको सहयोगमा ललितपुरको जावलाखेलमा मिति २०७४ असोज २६ देखि २९ गतेसम्म  ११औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने मुल नाराका साथ असोज २६ गते सुरु भएको मेलाको उद्घाटन माननिय कृषि राज्यमन्त्री सरिता प्रसाईज्यूबाट भएको थियो ।  तिहार लक्षित गरी संचालन भएको मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, सूचनामूलक स्टल ३ ओटा, प्रतिस्पर्धात्मक ३ ओटा गरी जम्मा ५० वटा स्टल राखिएका थिए । उक्त गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूलको बिभिन्न बिद्यामा प्रतिस्पर्धा गराई प्रथम, द्वतिय तथा तृतिय हुने नर्सरी व्यवसायीहरुलाई शिल्ड नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । उक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा सम्झना नर्सरी प्रथम, अजिमा नर्सरी द्वतिया र सिस्टता नर्सरी तृतिय स्थान हासिल गर्न सफल भएको थिए ।  त्यसै गरी उत्कृष्ठ रिफ्लेक्स तर्फ न्यू सन फ्लावर नर्सरी, उत्कृष्ठ मिनियचर तर्फ सिस्टता नर्सरी, उत्कृष्ठ स्पाईडर तर्फ अजिमा नर्सरी, उत्कृष्ठ ईन्कर्भ तर्फ सम्झना नर्सरी र उत्कृष्ठ कट फ्लावर तर्फ सृजना कट फ्लावर नर्सरीले प्रतिस्पर्धामा उत्कृष्ठता हालिस गरेका थिए । 
 
मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी भएको थियो । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलबाट उपलब्ध गराईएको थियो । 
 
उक्त मेलामा ३७ हजार भन्दा बढी अवलोकन कर्ताहरुे मेला अवलोकन गरेको र मेलामा ५२ लाख भन्दा बढीको कारोबार भएको थियो । मेलाको समापन असोज २९ गते भएको थियो ।
 

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINApril 28th, 2018

फ्यानको कार्यालय बालुवाटार, काठमाण्डौबाट मिति २०७५ बैशाख १५ गते देखि ललितपुर–११, ज्वागल (यू एन पार्क नजिकै यून फूटसल पछाडीको पहेलो बिल्डिङ्ग) मा सरेको सहर्ष जानकारी...

ADMINApril 9th, 2018

फ्लोरिकल्चर एशोसिएसन नेपाल बालुवाटार, काठमाण्डौ पुनः बोलपत्र÷दरभाउपत्र आब्हानको सूचना (पुनः सूचना प्रकाशन मितिः२०७४ चैत्र २६ गते कारोबार दैनिक पत्रिका)  यस संस्थाको आ.ब.२०७४÷७५ को स्वीकृत लागत साझेदारीमा संचालन हुने कृषि...

View All