१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७५ सम्पन्न

- Sunday, January 6th, 2019
तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दैै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला बि.सं.२०६४ देखि २०७० सालसम्म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, कृषि बिभाग आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला संचालन गरेको थियो । बि.सं.२०७१ देखि २०७४ सम्म नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले आयोजना गरेको थियो । देश संघिय गणतन्त्रमा रुपान्तरण भईसके पछि यस बर्ष प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने मूल नारा सहित २०७५ कार्तिक १५ देखि १८ गते सम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भव्यता र सफलताका साथ जाउलाखेल फुटबल ग्राउण्डमा सम्पन्न भएको छ ।
तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न तिहार पर्व लक्षित रहने गर्दछ साथै पुष्प व्यवसाय प्रवद्र्धनका लागि  समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउन यस किसिमका कार्यव्रmमहरु आयोजना गर्ने गरिएको छ । गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु तथा पुष्पको बजार प्रबद्र्धन गर्नु रहेको थियो । पुष्प व्यवसायीहरुले उत्पादन गरेको फूलको बजार क्षेत्र बिस्तार तथा प्रबद्र्धन गर्ने सन्दर्भमा यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने तथा फूलको बजार विस्तार गर्न सकिन्छ भन्ने उदेश्य समेत रहेको थियो । 
 
गोदावरी फूलको जातिय विकाससंगै गुणस्तरिय फूल बिरुवाको उत्पादनले मात्र उपभोक्त आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धाको वातावरण सृजना गरी गुणस्तरिय बस्तु उत्पादन तर्फ जोड दिन, यसको बिकास बिस्तार तथा प्रबद्र्धनमा सघाउ पु¥याउनका लागि प्रर्दशनीको आयोजना गर्ने गरिएको छ । नेपालीहरुको महान चाड बडा दशै पछिको दोस्रो मुख्य चाड तिहारमा बढि प्रयोग हुने सयपत्री मखमली र गोदावरी फूलहरुलाई प्रत्यक्ष उपभोक्त माझ पु¥याउन पनि मेला÷प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्बाह गर्ने हुदा हरेक बर्ष तिहार पर्ब सुरु हुनु केहि दिन अघि मात्र मुख्य गरी गोदवरी फूलको प्रदर्शनी गर्ने गरिएको छ ।
 
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीेको औपचारिक उदघाटन कार्यक्रम कार्तिक १५ गते बिहिबार  बिहान ११ बजे जाउलाखेल खेलकुद मैदानमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उदघाटन प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री दावा दोर्जे लामा ज्यूले गर्नु भएको थियो । मेलाको उद्घाटन कार्यक्रमको अध्यक्षता फ्यानका अध्यक्ष श्री कुमार कसजु श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रमका अतिथीहरु क्रमशः अतिथी– प्रदेश नं. ३ का माननिय सभासद रामेश्वर फूयाल ज्यू, अतिथि– कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिब ईश्वर प्रसाद रिझालज्यू, अतिथि– वनस्पति बिभागका महानिर्देशक संजिब राई ज्यू, अतिथि– कृषि बिभागका  उप महानिर्देशक रेवती प्रसाद पौडेल ज्यू र अतिथी –पुष्प बिकास केन्द्र प्रमुख रिती सिंह ज्यू रहनु भएको थियो ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा सहभागि भएका व्यवसायीहरुलाई प्रतिस्पर्धामा प्रथम, द्वितिय तथा तृतिय हुने नर्सरी व्यवसायीहरुलाई ट्रफि, प्रमाण–पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । गोदावरी फूलका पट भेराईटीका चार बिधा (ईन्कर्भ, रिफ्लेक्स, स्पाईडर र मिनियचर) र कट फ्लावर भेराईटीका १ बिधा सहित ५ बिधामा प्रतिस्पर्धा गराईएको थियो । 
 
पुरस्कृत हुने नर्सरीहरुः
प्रथम सम्झना नर्सरी, सानेपा, ललितपुर
दास्रो टिटिआर बंगलामुखी नर्सरी, ललितपुर
तेस्रो अजिमा नर्सरी, कुलेश्वर काठमाण्डौ 

यस्तै गरी प्रतियोगितामा उत्कृष्ट हुने नर्सरीहरुः 
उत्कृष्ट रिफ्लेक्स सम्झना नर्सरी, सानेपा, ललितपुर
उत्कृष्ट ईन्कभ अजिमा नर्सरी, कुलेश्वर, काठमाण्डौं
उत्कृष्ट स्पाईडर सम्झना नर्सरी, सानेपा, ललितपुर
उत्कृष्ट मिनियचर  मीलन नर्सरी, काठमाण्डौ
उत्कृष्ट कट फ्लावर तर्फ ए एस कट फ्लावर एण्ड नर्सरी, रामकोट काठमाण्डौे उत्कृष्ट भएका थिए ।
 
गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले संचालनमा बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको मेलामा सहभागी भएका मध्ये ५ वटा नर्सरीहरुले प्रतियोगितामा भाग लिएको थियो । मेलामा व्यवसायीक स्टलहरु ४४ वटा,  सुचनामुलक स्टल ३ वटा र प्रतिस्पर्धात्मक स्टल १ गरी जम्मा ४८ स्टल रहेको थियो । मेलामा काठमाण्डौ भ्याली भित्रका प्ष्प व्यवसायीहरुका साथै केहि बाहिरी जिल्लाका व्यवसायीहरुको समेत  सहभागिता रहेको थियो । मेलामा गोदावरी फूलको बिभिन्न प्रजातीका फूलहरु साथै अन्य सिजनल फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, कम्पोष्ट मल, बिउ बिजन, फूलको गानो, औजार उपकरण, बिषादी आदीको प्रदर्शनी तथा बिक्री कक्ष रहेको थियो । मेलामा दर्शकहरुमा उल्लेख्य मात्रामा उपस्तिथी रहनुका साथै तिहार पर्व लक्षीत प्रदर्शनी रहेको कारण आफ्नो घर आँगन सजाउनका लागि उल्लेख्य फूल बिरुवाहरुको बिक्री समेत भएको थियो ।
मेलामा झण्डै ४५ हजार भन्दा बढि दर्शक÷भिजिटरद्वारा प्रत्यक्ष मेला अवलोकन भएको, प्रतियोगिता तथा बिक्री बितरणमा पुष्प व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको, रु ६२ लाख भन्दा बढिको व्यवसायीक कारोबार गर्न सफल रहेको र गोदावरी, सयपत्री जस्ता फूल बिरुवाहरुको व्यापाक प्रचार प्रसार तथा बिक्री बितरण तथा व्यवसायीक प्रबद्र्धन गरी सफलता पुर्वक सम्पन्न भएको थियो । 

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINApril 28th, 2018

फ्यानको कार्यालय बालुवाटार, काठमाण्डौबाट मिति २०७५ बैशाख १५ गते देखि ललितपुर–११, ज्वागल (यू एन पार्क नजिकै यून फूटसल पछाडीको पहेलो बिल्डिङ्ग) मा सरेको सहर्ष जानकारी...

ADMINApril 9th, 2018

फ्लोरिकल्चर एशोसिएसन नेपाल बालुवाटार, काठमाण्डौ पुनः बोलपत्र÷दरभाउपत्र आब्हानको सूचना (पुनः सूचना प्रकाशन मितिः२०७४ चैत्र २६ गते कारोबार दैनिक पत्रिका)  यस संस्थाको आ.ब.२०७४÷७५ को स्वीकृत लागत साझेदारीमा संचालन हुने कृषि...

View All