२१ औं फ्लोरा एक्स्पो २०७४ सम्पन्न

- Monday, September 25th, 2017
फ्लोरिकल्चर एशोसिएसन नेपालले बि।सं।२०५१ सालबाट पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा विगतमा भंंmै यस वर्ष पनि फ्लोरिकल्चर एशोसिएसन नेपालले २०७४ चैत्र १५ गते देखि १८ गते सम्म ४ दिने २१ औं फ्लोरा एक्स्पो २०७४ को भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा सफलता पुर्वक सम्पन्न गरेको छ ।  मेलाको नारा “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको थियो । 
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेका थिए  साथै मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । साथै लामो समय देखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रहि व्यवसाय गरिरहेको झापाका राज कमल नर्सरीलाई सो अवसरमा कदर–पत्रद्वारा सम्मान गरिने थियो ।
फ्लोरा एक्स्पोको आयोजनाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी रहेको थियो । साथै पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सफल भएको थियो । बास्तवमा कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्नु आजको आवश्यकता हो । यो वास्तबिकतालाई व्यवहारमा उतार्न गत वर्ष हामीले प्रबिधी बिस्तारका लागि भारत लगायत अन्य मुलुकबाट पनि पुष्प व्यवसायीहरुलाई सहभागी गराएका थियौ । यी प्रबिधीहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पुर्ण व्यवसायीक कृषिका लागि समेत अतिनै उपयोगी हुने भएकोले कृषिसंग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुको लागि पुष्प मेला उपयोगी रहयो । 
 
थप जानकारीका लागि www.nepalfloraexpo.com.np

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINApril 28th, 2018

फ्यानको कार्यालय बालुवाटार, काठमाण्डौबाट मिति २०७५ बैशाख १५ गते देखि ललितपुर–११, ज्वागल (यू एन पार्क नजिकै यून फूटसल पछाडीको पहेलो बिल्डिङ्ग) मा सरेको सहर्ष जानकारी...

ADMINApril 9th, 2018

फ्लोरिकल्चर एशोसिएसन नेपाल बालुवाटार, काठमाण्डौ पुनः बोलपत्र÷दरभाउपत्र आब्हानको सूचना (पुनः सूचना प्रकाशन मितिः२०७४ चैत्र २६ गते कारोबार दैनिक पत्रिका)  यस संस्थाको आ.ब.२०७४÷७५ को स्वीकृत लागत साझेदारीमा संचालन हुने कृषि...

View All