२३ औं फ्लोरा एक्स्पो २०७६ स्थगित भएको सूचना

- Sunday, November 24th, 2019
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण र संत्रासका कारण बिश्व स्वास्थ संगठनले नेपाल पनि उच्च जोमिखयुक्त मुलुकको सूचीमा सुचिकृत गरेसंगै नेपाल सरकारले कोरोना भाइरसको सक्रमणबाट जोगिन तथा आबश्यक पुर्व साबधानी अपनाउनको लागि मानिसहरु जमघट हुने बिबाह, ब्रतबन्ध, सभा, सम्मेलन, मेला महोत्सब जस्ता कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन तथा त्यस्ता कार्यक्रमहरुमा नजान भनि सार्बजनिक सुचना जारी गरेको सन्दर्भमा यस गम्भिर परिस्थितीलाई मध्यनजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालले पनि यहि २०७६ चैत्र १४ देखि १७ गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन गर्ने गरी तय गरेको २३ औं फ्लोरा एक्स्पो २०७६ कार्यक्रमलाई स्थगित गरिएको व्यहोरा यसै सूचनाद्वारा सूचित गराउदछौं  
 
२३ औं फ्लोरा एक्स्पो २०७६ कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगि सकिए तापनि बिश्वभर महामारीकै रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट जोगिन तथा पुर्व सावधानी अपनाउनका लागि २३ औं फ्लोरा एक्स्पो कार्यक्रमलाई स्थगन गर्नु पर्दा हामी दुखित भएका छौं । २३ औं फ्लोरा एक्स्पो कार्यक्रम स्थगन गर्दा मेलामा सहभागी हुन तथा प्रत्यक्ष अवलोकन गर्न प्रतिक्षामा रहनु भएको पुष्प व्यवसायीहरु, प्रायोजक तथा पुष्प प्रेमी दर्शक उपभोक्तहरुमा पर्न गएको असुबिधा प्रति यस एशोसिएसन क्षमा चाहन्छौ । 
 

थप जानकारीको लागि फ्यानमा सम्पर्क गर्नु होला । संम्पर्क नं. ५२६१०८९

 

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINNovember 24th, 2019

बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण र संत्रासका कारण बिश्व स्वास्थ संगठनले नेपाल पनि उच्च जोमिखयुक्त मुलुकको सूचीमा सुचिकृत गरेसंगै नेपाल...

ADMINApril 28th, 2018

फ्यानको कार्यालय बालुवाटार, काठमाण्डौबाट मिति २०७५ बैशाख १५ गते देखि ललितपुर–११, ज्वागल (यू एन पार्क नजिकै यून फूटसल पछाडीको पहेलो बिल्डिङ्ग) मा सरेको सहर्ष जानकारी...

View All