फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) समग्र नेपाली पुष्प व्यवसायको प्रवद्र्धन, संरक्षण र व्यावसायीकरण गर्ने उद्धेस्यले बि.स.२०४९ कार्तिक ३० गते (१५ नोभेम्बर १९९२) मा नेपालको कानून र ऐन अन्तर्गत रहि स्थापना भएको गैर सरकारी र राष्ट्रिय स्तरको पुष्प व्यावसायीहरुको छाता संस्था हो । नेपालमा पुष्प व्यवसाय गरि रहेको पुष्प व्यवसायी सदस्यहरुमा आधारित गैर नाफामुलक संस्था हो जसको ६६७ भन्दा बढी सदस्यहरू देशभर रहेका छन् । फ्यानको सचिवालय ज्वागल–११, ललितपुरमा रहेको छ । यस संस्थाले पुष्प व्यवसायी सदस्यहरुको हितमा काम गर्दछ । यसका साथै फ्यानले विभिन्न गतिविधि संचालन गर्छन साथै सर्वसाधारणको अनुरोध बमोजिम पनि पुष्प व्यवसाय सम्बन्धि बिबिध सुचान तथा सेवाहरु उपलब्ध गराउदछ। यो संस्था बस्तुगत संघ अन्तर्गत…
वर्तमान युगमा सूचना प्रबिधीको ठूलो महत्व रहेको कुरालाई मध्य नजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालबाट भईरहेको गतिबिधीहरु र आगमी दिनमा गरिने कृयाकलाप तथा कार्ययोजनाहरु सहित पुष्प व्यवसायमा भईरहेको नयाँ नयाँ प्रबिधी तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धित महत्वपूर्ण सूचनाहरु यस वईभसाइटमा राखी सबैमा सूसुचित गर्ने प्रयास गरिएको छ… READ MORE