• +९७७-०१-५२६९०८९, ९७६८७७३८०२
  • info@fanepal.org.np

परिचय

फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) समग्र नेपाली पुष्प व्यवसायको प्रवद्र्धन, संरक्षण र व्यावसायीकरण गर्ने उद्धेस्यले बि.स.२०४९ कार्तिक ३० गते (१५ नोभेम्बर १९९२) मा नेपालको कानून र ऐन अन्तर्गत रहि स्थापना भएको गैर सरकारी र राष्ट्रिय स्तरको पुष्प व्यावसायीहरुको छाता संस्था हो । नेपालमा पुष्प व्यवसाय गरि रहेको पुष्प व्यवसायी सदस्यहरुमा आधारित गैर नाफामुलक संस्था हो जसको ६६७ भन्दा बढी सदस्यहरू देशभर रहेका छन् । फ्यानको सचिवालय ज्वागल–११, ललितपुरमा रहेको छ ।

यस संस्थाले पुष्प व्यवसायी सदस्यहरुको हितमा काम गर्दछ । यसका साथै फ्यानले विभिन्न गतिविधि संचालन गर्छन साथै सर्वसाधारणको अनुरोध बमोजिम पनि पुष्प व्यवसाय सम्बन्धि बिबिध सुचान तथा सेवाहरु उपलब्ध गराउदछ। यो संस्था बस्तुगत संघ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सक्रिय सदस्य पनि रहेको छ ।
संघले सरकारसँग नीति निर्माणको क्षेत्रमा काम गर्छ । पुष्प व्यवसायलाई कृषि मन्त्रालय मातहत घोषणा गरेपछि यसको कृषि मन्त्रालयसँग घनिष्ट सम्बन्ध छ । कृषि मन्त्रालयका सम्बन्धीत विभिन्न समितिहरुमा फ्यानको प्रतिनिधित्व हुने गर्दछ र पुष्प व्यवसायको दिगो बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गरेको छ । फ्यानले अर्थ मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, वनस्पति विभाग, कृषि बिभागसँग विभिन्न नीतिगत विषयमा काम गरेको छ । यस सस्थाको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग राम्रो सम्बन्ध र साझेदारी छ। यो एसियाली फूल प्रदर्शनी परिषद् (C.A.F.E.) को सदस्य समेत रहेको छ  र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरू र गतिविधिहरूमा भाग लिन्छ। फ्यानको PUM नेदरल्याण्ड्ससँग राम्रो सम्बन्ध छ र फूल खेतीको विभिन्न क्षेत्रमा PUM नेदरल्याण्ड्सको वरिष्ठ विशेषज्ञहरूलाई निरन्तर आमन्त्रित गर्दछ। ती विज्ञहरूको सहयोगमा पुष्पको उत्पादन गुणस्तर र बजारीकरणका हिसाबले नेपाली पुष्प खेतीमा सुधार आएको छ । पानीको गुणस्तर, फर्टिगेशन विधि, कीट नियन्त्रण, माटो व्यवस्थापन र व्यक्तिगत र समूहका लागि समेत धेरै सूक्ष्म पक्षहरूको तालिम सम्पन्न भएको छ र यो क्रम निरन्तर जारी छ।

फ्यान ले नियमित रूपमा बिदेशबाट विभिन्न प्रविधि प्रदायक र इनपुट आपूर्तिकर्ताहरूलाई आमन्त्रित गर्दछ र नेपाली व्यवसायीहरूसँग कार्यशाला, सेमिनार र छोटो भ्रमणको आयोजना गर्दछ। फ्यान ले पुष्पको उत्पादन, बजारिकरण र नीतिगत स्तरमा आफ्नै कोष र सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा अनुसन्धान गर्ने गर्दछ। यी अनुसन्धान निष्कर्षहरू विभिन्न प्रकाशनहरूमा प्रकाशित छन्। उद्योगमा उल्लेखनीय योगदान पु¥याउने नेपाली फ्लोरिकल्चर० को वार्षिक प्रकाशनमा स्वतन्त्र अनुसन्धान र प्राविधिक निष्कर्षहरू नियमित रूपमा प्रकाशित हुन्छन्। फ्यानद्वारा आयोजित विभिन्न प्रवद्र्धनात्मक गतिविधि र उपभोक्ता सचेतना कार्यक्रमले फूल प्रेमीहरूलाई जनचेतना जगाएको छ। फ्यान सँग नेपाली फ्लोरिकल्चरको डाटा बैंक रहेको छ। इच्छुक व्यक्तिहरूले यसबाट जानकारी सङ्कलन गर्न सक्नुहुन्छ।

भिजन
नेपालको पुष्प व्यवसायीक क्षेत्रको प्रवर्द्धन र विकास गरी राष्ट्रिय अर्थतन्त्रको दिगो विकासमा सघाउने ।

मिशन
पुष्प उद्यमीहरूको समग्र विकास गरी विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न नेपालको फ्लोरिकल्चर क्षेत्रलाई प्रवर्द्धन गर्ने ।