१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रशर्दनी–२०८२ सम्पन्नः
गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ १८ औ सस्करणको रुपमा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने मूल नाराका साथ “गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी” २०८२ असोज २९ देखि कार्तिक २ गते सम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा भब्यताका साथ सम्पन्न गरिएको छ । नेपाल सरकार, कृषि तथा पशुपंछी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रशाद शर्माज्यूले उक्त प्रदर्शनीको समुद्घाटन गर्नु भएको थियो । यस कार्यक्रमलाई सफल पार्न बिभिन्न संस्थाहरुले सहयोग गरेको थियो । सहयोगी संस्थाहरुमा मेलास्थलको गेट मञ्च सजावाटमा महालक्ष्मी फ्लावर डेकोरले प्रायोजक रुपमा रहि सहयोग गरेको थियो । मेलास्थलको प्रवेशद्वार र मञ्चलाई आकर्षक ढङ्गले सजाउन लागि नवासेवा नर्सरी, फ्लोरिकल्चर सहकारी संस्था लिमिटेड, आर.आर.के.फ्लावर्स प्रा.ली., त्रिपुरा फ्लावर सप्लायर्स प्रा.ली., यस.बी.फ्लावर्स, फ्लावर सप्लायर्स, द एभरेष्ट फ्लोरिकल्चर, एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म, श्री फ्लावर सप्लायर्स, पण्डित फूलमाला सप्लायर्स र उज्वल नर्सरीले फूल तथा सजावटका सामग्रीहरू उपलब्ध गराई सहयोग रहेको थियो । मेलास्थलको सजावटमा फ्यान रिटेलर उपसमितिको व्यवस्थापकिय भुमिका रहेको थियो । खानेपानीको व्यवस्थापनका लागि लाईन्स क्लब अफ काठमाण्डौ ग्लोवल फ्लोरिकल्चरको सहयोग रहेको थियो । यस प्रदर्शनीलाई अर्गानिक बायो फर्टिलाईजर र ग्लोबल आई एम ई बैंकले प्रायोजक संस्थाको रुपमा रहि सहयोग गरेको थियो । नेपालको एक मात्र बृहत गोदावरी फूलको प्रदर्शनीमा काठमाण्डौ भ्याली तथा बाहिरी जिल्लाका पुष्प नर्सरी, फर्म, उत्पादक, खुद्र बिक्रेता, आयात निर्यातकर्ताहरु, सरकारी तथा संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
मेलामा सहभागी व्यवसायीहरुले गोदावरी फूलको विभिन्न प्रतियोगितात्मक बिद्याहरुमा सहभागी जनाएको थियो । प्रतिस्पर्धामा सफल हुने नर्सरी व्यवसायीहरू निम्न रहेका थिए।
क) प्रथमः सम्झना नर्सरी, सितापाईला काठमाडौं
ख) द्वतियाः माई नर्सरी, कलंकी काठमाण्डौ
ग) तृतियाः अजिमा नर्सरी, कुलेश्वर काठमाडौं
यस्तै गरी प्रतियोगितामा उत्कृष्ट बिधा अन्तर्गत पुरस्कृत हुने नर्सरीहरू निम्न रहेका थिए।
क) उत्कृष्ट रिफ्लेक्सः माई नर्सरी, कलंकी काठमाडौं
ख) उत्कृष्ट स्पाईडरः सम्झना नर्सरी, सितापाइला काठमाडौं
ग) उत्कृष्ट ईन्कर्भः अजिमा नर्सरी, कुलेश्वर काठमाडौं
घ) उत्कृष्ट मिनिएचर सम्झना नर्सरी, सितापाइरा काठमाडौं
ङ) उत्कृष्ट कट फ्लावरः नवसेवा नर्सरी गोदावरी ललितपुर
च) उत्कृष्ट स्थलः दिक्षा नर्सरी, बुढानिलाकण्ठ काठमाडौं
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा सहभागि भएका व्यवसायीहरुलाई प्रतिस्पर्धामा प्रथम, द्वितिय तथा तृतिय हुने नर्सरी व्यवसायीहरुलाई ट्रफि, प्रमाण–पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेका थियो । देशको आर्थिक मन्दि तथा गत भदौमा भएको जेनजी आन्दोलनले ल्याएको राजनैतिक परिवर्तनको कारण मेलालाई केहि असर पु¥याएको भएतापनि तिहार पर्वलाई लक्षित संचालन भएको गोदावरी फूलको प्रदर्शनी अवधीभर करिब ३९ हजारले मेला अवलोकन गरेको र अवधीमा रु. १ करोड ३३ लाख भन्दा बढिको व्यवसायीक कारोबार भएको थियो ।