सत्ताइसौंं फ्लोरा एक्स्पो २०८२ सम्पन्नः
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा “स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” भन्ने मूल नाराका साथ २०८२ चैत्र ५ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा २७ औं फ्लोरा एक्स्पो भव्य रूपमा सम्पन्न गरियो । ४२ सदस्यीय आयोजक समिति गठन गरि सञ्चालन गरिएको उक्त मेलामा विभिन्न सरकारी तथा निजी क्षेत्रको सहयोग रहेको थियो । एक्स्पोमा कुल ८३ वटा स्टल (व्यवसायिक, अफिसियल, प्रतिस्पर्धा, फूड, ल्याण्डस्केप लगायत) सहभागी रहेका थिए । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्थ अधिकारीज्यूहरु साथै स्वदेश तथा बिदेशी दर्शकहरुबाट मेला अवलोकन भएको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्महरूलाई सिल्ड, नगदद्वारा पुरस्कृत गरिएको थियो ।
चार दिनसम्म संचालन भएको मेला फ्लोरा एक्स्पोले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिक्रेता, खुद्रा विक्रेता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार व्यवसायलाई अघि बढाउन थप सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरुको बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेला सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्रीहरु, गमला, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको छ । नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।
मेलाको अवधिभर करिब ६० हजार ७ सयभन्दा बढी दर्शकले अवलोकन गरेका थिए भने १ करोड २२ लाख रुपैयाँभन्दा बढीको पुष्प तथा पुष्पजन्य वस्तुको कारोबार भएको थियो। प्रतिकूल मौसमका बाबजुद पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । यस एक्स्पोले पुष्प व्यवसायको प्रवद्र्धन, बजार विस्तार, आधुनिक प्रविधि सम्बन्धी जानकारी प्रवाह, तथा नवउद्यमीलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । चार दिनसम्म सञ्चालन भएको मेला चैत्र ८ गते सहभागीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा समापन गरिएको थियो ।