सुवर्ण अवसर
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प व्यवसायको प्रबद्र्धन गर्ने उद्धेस्यले भृकुटिमण्डप प्रदर्शनी हल, काटमाण्डौमा यहि २०८० चैत्र १ देखि ४ गते (March 14-17, 2024) सम्म “ २५ औ पुष्प प्रदर्शनी (25th Flora Expo 2024) हुने व्यहोरा सूचित गर्दछौं ।
यस २५ औं फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६०, सुचनामुलक स्टल ८, प्रतिस्पर्धा स्टल १, सेल्फी स्टल १ तथा फूट स्टल १ वटा ल्उाण्डस्केपिङ्ग स्टल ३ वटा सहित गरी जम्मा ७३ वटा स्टल रहने छ । मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । र यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकता कम्पनी, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ ।
मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा उत्कृष्ठ हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
यस प्रदर्शनीमा पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरुको लागि पुष्प तथा पुष्पजन्य बस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ नयाँ प्रजातीको बिकास र गुणस्तर उत्पादनका क्षेत्रमा भएको प्रगतीको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आबश्यकता थाहा पाउन, बजार सर्बेक्षण गर्न, पुष्प सम्बन्धि नयाँ नयाँ बिकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसंग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर उपलब्ध हुनेछ । घर आँगन बगैचा सजाउन, ज्ञान शिप हासिल गर्न, अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण सहयोग पु¥याउने छ ।