२०७४ कार्तिक ३० गते काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) २०४९ साल कार्तिक ३० गते बिधिबत रुपमा ललितपुर जिल्ला प्रशासन कार्यलयमा दर्ता भई निरन्तर रुपमा पुष्प व्यवसाय तथा व्यवसायीहरुको हकहितको क्षेत्रमा कार्य गर्दै पुष्प व्यवसायलाई समुन्नत पेशाको रुपमा स्थापित गरि एक निर्यात मुखी उद्योगको रुपमा अग्रसर हुदै गर्दा बि.सं.२०७४ कार्तिक ३० गते २५ बसन्त पार गरेको उपलक्ष्यमा फ्यानले रजत जयन्ती महोत्सब २०७४, स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम आम्रापाली बैङक्वेट भाटभटेनी काठमाण्डौमा एक भव्य समारोह बिच सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथी कृषि बिकास राज्यमन्त्री माननिय सरिता प्रसाई रहनु भएको थियो । उक्त कार्यक्रमका अतिथीहरुमा कृषि सचिब डा. सुरोज पोख्रेल, नेपाल उद्योग बाणिज्य महासंधका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, वनस्पती बिभागका महानिर्देशक डा. अखिलेश्वर लाल कर्ण, कृषि बिभागका महानिर्देशक डा. डिल्लीराम शर्मा, कृषि उद्यम केन्द्रका उपसभापति तथा नेपाल उद्योग वाणिज्य महासंधका उपाध्यक्ष हेमराज ढकाल, फ्यानका पुर्व अध्यक्षज्यूहरु, फ्यानका संस्थापक ज्यूहरु, पुष्प व्यवसायीज्यूहरुको उपस्थिती रहेको थियो । उक्त रजत महोत्सब स्मारिका बिमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथी माननिय कृषि बिकास राज्यमन्त्री सरिता प्रसाई ज्यूबाट माला, दोसल्ला तथा ताम्रापत्र प्रदान गर्दै जम्मा ७१ जना बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसै अवसरमा बिभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई पनि सो अवसरमा नेपालमा पुष्प व्यवसायको संस्थागत बिकास र स–सक्तिकरणमा पु¥याउनु भएको उल्लेखनिय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
संस्थाले स्थापना काल देखि पच्चिसौ बसन्तसम्म पुष्प व्यवसायको क्षेत्रमा खेलेको भुमिका, प्रयासहरु तथा उपलब्धी सहितको लेखहरु यस संस्थामा आबद्ध रही प्रत्यक्ष तथा परोक्षरुपमा सघाउ पु¥याउनु हुने संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, पुष्प व्यवसायीज्यूहरुको अनुभव सहितको एक संगालोको रुपमा फ्यान रजत महोत्सब स्मारिका २०७४ प्रकाशन गरिएको थियो । उक्त स्मारिकाको बिमोचन कार्यक्रमका प्रमुख अतिथी कृषि बिकास राज्य मन्त्री माननिय सरिता प्रसाईज्यूले गर्नु भएको थियो ।
उक्त सम्मान कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथीज्यूले पुष्प व्यवसायको व्यवसायीक बिकास बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण भुकिमा खेल्ने फ्यानको आगमी दिनहरुको उत्तोउत्तर प्रगती र उन्नतीको कामनाका साथै पुष्प व्यवसायले दिगो बिकासमा अझ ससक्त भुमीका निभाउन सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै सम्मानित व्यक्ति व्यत्तित्वहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । सोही अवसरमा मन्त्रालयबाट कृषिका बिभिन्न क्षेत्रमा गएको अनुदान र सहयोगका नाममा गएको बजेट कृषक सम्म पुग्न नसकेको गुनासो रहेको बताउदै यस तर्फ कृषक आफै चनाखो हुनु पर्ने बिचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्तिथ अतिथीज्यूहरुले फ्यानको संस्थागत बिकास तथा पुष्प व्यवसायको प्रबद्र्धनमा फ्यानले खेलेको भुमिकाको प्रशंसा गर्दै उन्नती र प्रगतीको कमना गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा फ्यानको अध्यक्षले उपस्थित सबै अतिथीज्यूहरु तथा संस्थाको बिकासमा योगदान गर्नु हुने पुष्प व्यवसायीहरुलाई धन्यबाद ज्ञापन गर्दै अव देश संघिया ढाँचामा अगाडी बढिरहेकोले फ्यानले पनि संघियतामा जाने र सोहि अनुसारका पुष्प व्यवसायको कार्यक्रमहरु निर्माण गरि पुष्प व्यवसायको प्रबद्र्धन गर्ने बिचार व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।