फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३१ औं वार्षिक साधरण सभा मिति २०८० भाद्र २९ गते, आगन्तुक रिसोर्ट धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंधका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ रहनु भएको थियो । साथै अतिथीहरुमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति श्री हेमराज ढकाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष श्री मोहन कटवाल, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र पसछे, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष श्री कोमल सुन्दर श्रेष्ठ, खाद्य सुरक्षा तथा खाद्य प्रबिधी महाशाखा, कृषि व्यवसाय तथा बजार प्रबद्र्धन शाखा प्रमुख तथा कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका उप सचिब डा.प्रद्युम्न राज पाण्डे, कृषि ज्ञान केन्द्र काभ्रेका बागवनी बिकास अधिकृत उमेश सापकोटा रहनु भएको थियो । साथै फ्यानको संस्थापक अध्यक्ष श्री राजेन्द्र राई, पुर्व अध्यक्षहरु श्री शुरेश भक्त श्रेष्ठ, मिनर्वा बिष्ट, श्रीधर कार्की र लोक नाथ गैरेज्यूको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा अतिथीहरु, पुष्प व्यवसायीहरु तथा पत्रकारज्यूहरु सहित १३८ जनाको उपस्थिती रहेको थियो ।
सधारणा सभामा स्वागत मन्तब्य राख्दै फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बजेट तथा मौद्रिक नीति अस्पष्ट हुँदा फ्लोरिकल्चर क्षेत्र फष्टाउन नसकेकोे, ‘मुलुकमा पुष्प बजार आत्मनिर्भरउन्मुख हुुँदै गए पनि राज्यको विभिन्न निकाय तथा नीतिको कारण फूल आयात भइरहेको छ । नेपाल सरकारले प्लाष्टिक जन्य फूलहरुको आयात अघिल्लो बर्ष रोकेको भएतापनि आयात भइरहेको छ प्लाष्टिक जन्य फूलहरुको आयात पूर्ण रुपमा रोक्नुपर्नेमा जोड दिनु भयो । अहिलेको समस्या भनेको बिउ बिजनको ऐन पनि रहेको बताउनु भयो । बिउ बिजनको ऐन अनुसार नेपालमा सुचिकृत नभएको बिउ बिजनहरु ल्याउन नपाउने प्राबधान रहेको छ तर पुष्पको कुनै पनि बीउ बिजन हालसम्म सुचिकृत नभएको कारण नर्सरी क्षेत्रलाई निकै समस्या परेको उनको भनाइ थियो । यो खाद्य बाली र तरकारी बालीभन्दा फरक क्षेत्र भएले फ्लोरिकल्चर क्षेत्रलाई छुटै सुचिकृत गरेर आयात गर्न पाउनु पर्नेमा जोड दिनु भयो । यसका कारण पुष्प क्षेत्रमा समस्या आउँदा ४५ हजारभन्दा बढि व्यक्तिहरुको रोजगारी संकटमा पर्ने समेत बताउनु भयो । त्यस्तै, उनले पुष्प व्यवसायीका लागि क्वारेन्टाइन, भन्सार नाकाहरु सहज नभएको उनले बताए । अनियन्त्रित र अबैध आयात भइरहेको छ, त्यस्ता विषय रोक्न सरकार समक्ष आग्रह गर्दछु उनले भने । फ्लोरिकल्चर एशोसिएसनले आधुनिक किसीमको पुष्प बजारको परिकल्पना गरेको छ । हाम्रा ग्राहकहरुले निश्चित क्षेत्रमा गएर आफ्नो चाहानाको फूलविरुवा किन्न पाउनु पर्छ भन्ने परिकल्पना अनुसार डिपिआर तयार भइरहेको छ । प्रदेश सरकारसँगको समन्वयमा अधि बढि रहेको छ । पुष्प बजार निर्माण जग्गा प्राप्तिको लागि संघिय सरकारले नै अगुवाइ लिनुपर्दछ भनि जोड दिनु भयो ।
स्वागत मन्तब्य पछि पानसमा द्विप प्रज्वलन गरी ने.बा.उ.महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठज्यूले ३१ बार्षिक साधारण सभा उद्घाटन गर्नु भयो । साथै हरेक बर्ष प्रकाशन गरिने पुष्प बिशेषाङ्कको रुप फ्यानद्वारा प्रकाशित नेपलिज फ्लोरिकल्चर बुक, अंक–२६ को समेत उक्त कार्यक्रममा बिमोचन गरिएको थियो । यस कार्यक्रमलाई प्रायोजक संस्थाको रुपमा रहि सहयोग गर्ने यस आर नर्सरीका प्रोप्राईटर राम बहादुर तामाङ्गलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
यस्तै गरी कार्यक्रमका अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष मोहन कटवालले घरेलु तथा साना उद्योगीहरुको समस्या धेरै रहेको बतानु भयो । यस्तै पुष्प व्यवसाय क्षेत्रमा पनि बिउविजन, मल, प्रविधि सिंचाइ लगायत विभिन्न क्षेत्रमा समस्या रहेको, बजेट तथा मौद्रिक नीति मार्फत सरकारले विभिन्न योजना ल्याए पनि लक्षित बर्गको पहुँचमा पुग्न नसकेको बरिष्ठ उपाध्यक्ष कटवालले बताउनु भयो । उहाँले त्यस्तै, समस्याका विषयहरु सरकारको सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव डा.प्रद्युम्न राज पाण्डेले फ्लोरिकल्चरको भविष्य र सम्भावना निकै राम्रो रहेको बताउनु हुदै नेपालमा नीजि क्षेत्रले गरेको प्रयासलाई बधाई दिनु भएको थियो । नीजि क्षेत्रले लगानी अनुसार उपलब्धि हासिल गरेको राज्यले गर्व गर्न लायक विषय भएको बताउनु भयो । राज्यले सकेजति सम्बोधन गरेको बताउँदै विदेशी मुलुकमा जति धनी देख्छौं त्यतिकै गरिबी र धनीको फराकिलो खाडल बन्दै गएको उपसचिव पाण्डेले बताउनु भयो । कतिपय समस्याहरु कृषि मन्त्रालयले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हेमराज ढकालले पुष्प व्यवसायको क्षेत्र ठूलो क्षेत्र भएको बताउनु भयो । मुलुकमा जन्म, मृत्यूदेखि मानिसका विभिन्न रितिरिवाज चाडपर्वमा फूलको प्रयोग हुने भएकोले यसको ठूलो व्यापार क्षेत्र रहेको बरिष्ठ उपाध्यक्ष ढकालले बताउनु हुदै महासंघले यस क्षेत्रको बिकासका लागि सधै सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी ने.बा.उ.महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रैष्ठले कार्यक्रममा बोलदै कोभिडपछि पुष्प व्यवसायमा ठूलो समस्या देखेको छु । स्टोर गर्न नसकिने हुँदा त्यस समय व्यवसायीको लगानी धेरै खेर गए । बिउ विजन आयात गर्दा थोरै क्षेत्रलाई मात्रै सूचिकृत गरेको कारण समस्या देखिएको छ, मैले सक्दो पहलकदमी गर्नेछु भन्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथी तथा अतिथी ज्यूहरु सरोकारवाला निकायहरुको धानाकर्षण गराउनु हुदै सबैले पुष्प व्यवसायको पवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
३१ औं बार्षिक साधारण सभाको उदघाटन सत्रको कार्यक्रम पछि बन्दसत्रको कार्यक्रम संचालन भएको थियो । ३१ औं बार्षिक साधारण सभाको बन्दसत्र कार्यक्रममा फ्यानले आ.ब.२०७९÷०८० मा भए गरेको बार्षिक कार्यप्रगती बिबरण, आ.ब.२०८०÷८१ को नीति तथा कार्यक्रम, आ.ब.२०७९÷०८० को आय व्यय तथा वासलत बिबरण, आ.ब.२०८०÷८१ को कार्यक्रम तथा बजेट सभामा प्रस्तुत भएको थियो । प्रस्तुत भएको बिषय बस्तुहरु उपर उपस्थित पुष्प व्यवसायी सदस्यहरु माझ छलफल गरी आबश्यक राय सुझाब सहित अनुमोदन गर्दै फ्यानको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।