फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी फूलको व्यवसायीक प्रबद्र्धन गर्ने उद्धेस्यले “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने मूल नाराका साथ २०७९ कार्तिक ३ देखि ६ गते सम्म जाउलाखेल फुटबल ग्राउण्ड ललितपुरमा १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भव्यता र सफलताका साथ सम्पन्न भएको छ । यो प्रदर्शनीको सहआयोजक संस्था पुष्प बिकास केन्द्र गोदावरी रहेको थियो । प्रदर्शनी समुद्घाटन नेपाल उद्योग बाणिज्य महासंधका अध्यक्ष श्री शेखर गोल्छा ज्यूले गर्नु भएको थियो ।
तिहार पर्वलाई लक्षित गरि संचालन भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनीमा सुचनामुलक स्टल ३ वटा, व्यवसायीक स्टल ५२ र प्रतिस्पर्धात्कम स्टल २ वटा थरी जम्मा स्टलहरु ५७ स्टल रहेको थियो । मेलामा काठमाण्डौ भ्याली भित्रका पुष्प व्यवसायीहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा सहभागी भएका बिभिन्न नर्सरीहरुले उत्पादन गरेको गोदावरी फूलको बिभिन्न प्रजातीहरुमा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।
यसरी प्रतिस्पर्धामा सफल हुने नर्सरी व्यवसायीहरु निम्न रहेको थियो ।
क) प्रथम– सम्झना नर्सरी, सितापाईला काठमाण्डौ
ख) द्वतिया–थापा नर्सरी, टि यू गेट किर्तिपुर
ग) तृतिया– टि टि आर वगलामुखी नर्सरी, नख्खिपोट, ललितपुर
यस्तै गरी प्रतियोगितामा उत्कृष्ट बिधा अन्तर्गत पुरस्कृत हुने नर्सरीहरु निम्न रहेको थियो ः
१) उत्कृष्ट रिफ्लेक्स– सम्झना नर्सरी
२) उत्कृष्ट स्पाईडर– सम्झना नर्सरी
३) उत्कृष्ट ईन्कर्भ– थापा नर्सरी
४) उत्कृष्ट मिनियचर– टि टि आर वगलामुखी नर्सरी
५) उत्कृष्ट कट फ्लावर– सृजना कट फ्लावर एण्ड नर्सरी, रामकोट काठमाण्डौे
६) उत्कृष्ठ स्टल तर्फ सम्झना नर्सरी बिजयी हुनु भएको थियो ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा सहभागि भएका व्यवसायीहरुलाई प्रतिस्पर्धामा प्रथम, द्वितिय तथा तृतिय हुने नर्सरी व्यवसायीहरुलाई ट्रफि, प्रमाण–पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । नगद पुुरस्कार प्रथम हुने नर्सरीलाई रु.८,०००।–, द्वतिया हुने नर्सरीलाई रु.६,०००।– र तृतिया हुने नर्सरीलाई रु.४,०००।– प्रदान गरिएको थियो । साथै गोदारी फूलको कट फ्लावर प्रतिस्पर्धा तर्फ उत्कृष्ठ हुने सृजना कट फ्लावर एण्ड नर्सरी रामकोट नगद रु.५०००।– र स्टल तर्फ उत्कृष्ठ हुने नर्सरीलाई नगद रु.१०,०००।– प्रदान गरिएको थियो ।
प्रदर्शनी उद्घाटन समरोहका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यूबाट बिजयी हुन सफल नर्सरी व्यवासायीहरुलाई शिल्ड, नगद तथा प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।
प्रदर्शनी आरम्भ भए देखि अन्तिम दिन सम्म पुष्प पारखी अवलोकन कर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । प्रदर्शनीमा गोदावरी फूलको बिभिन्न प्रजातीका फूलहरु सहित अन्य सिजनल फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, कम्पोष्ट मल, बिउ बिजन, फूलको गानो, औजार उपकरण, गमला तथा बिषादी आदीको प्रदर्शनी तथा बिक्री कक्षहरु एकै थलोमा रहेकोले उपभोक्ताहरुलाई आबश्यक पर्ने सबै खाले फूल बिरुवाहरु खरिद गर्न सहयोग पुगेको थियो । फूलै फूलको पर्वको रुपमा रहेको तिहार पर्वलाई लक्षीत गरी संचालन गरिएको प्रदर्शनी रहेको कारण समेत उपभोक्तालाई आफ्नो घर आँगन सजाउन, बैठक कोठा सजाउनका लागि आबश्यक पर्ने फूल बिरुवाहरुको उल्लेख्य खरिद बिक्री भएको थियो । चार दिन सम्म संचालन भएको गोदावरी फूलको प्रदर्शनीीअवधीभर करिब ४४ हजारले मेला अवलोकन गरेको र करिब ८१ लाखको व्यवसायीक कारोबार भएको थियो । गोदावरी फूलको प्रदर्शनीको समापन २०७९ कार्तिक ६ गते भएको थियो ।