भौगोलिक तथा जैबिक बिबिधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भू–भाग केबल ०.१५ मात्र हो । नेपालमा पहिचान भएको करिब ५ हजार ५ सय प्रजातिका फूल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ जसमा ३ सय २४ प्रजातिहरु अन्य मुलुकहरुमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउँछ । जैबिक बिबिधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसूकै फूलहरु उत्पादन गर्न सकिने संभावना रहेको छ ।
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्युकल्चर आदि समेतलाई समेट्दछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली र्हुकाउने स्थललाई जनाउदछ । फ्लोरिकल्चर क्षेत्र अन्तर्गत अलंकारिक बोट विरुवा, मौसमी फूल, कट फ्लावर, ड्राई फ्लावर आदि बोट विरुवाहरु पर्न जान्छन् । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फुल्दछ र फूल फुलि सके पछि बोट मर्दछन् भने अर्को थरी बोट सधैं बाँचिरहन्छन् तर फूल भने आफ्नो मौसममा मात्र फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन फुललाई काटिसके पछि पनि निश्चित समयसम्म पानीमा राख्दा धेरै दिन सम्म रहन्छ त्यस्तो फूलहरुलाई कट फ्लावर भन्ने गरिन्छ । त्यस्तै कुनै फूललाई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्ता फूलहरुलाई ड्राई फ्लावर भनिन्छ । समग्रमा भन्दा घरको भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय सजावटमा प्रयोग हुने, विवाह, व्रतबन्ध, पास्नि आदि, शुभकाममा आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा चढाउँदा प्रयोग गरिने र यसको प्रयोगका लागि सहायक वस्तुहरुको उत्पादन, सजावट र बिक्रि समेत फ्लोरिकल्चर अन्तर्गत पर्दछ ।
पुष्प व्यवसायको बर्तमान अवस्था
नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिले पुष्प व्यवसायको लागि उपयुक्त छ । धेरै संभाव्यता बोकेको पुष्प व्यवसाय एक निर्यात मुखी व्यवसाय पनि हो । फ्लोरिकल्चर एशोसिएसन नेपालले स्थापना काल देखि नै पुष्प व्यवसायमा आईपरेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै संभावनालाई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायीहरुको हकहितको लागि निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।
नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको भएपनि २०४९ साल ताका लगभग जम्मा ८० को संख्यामा मात्र रहेको थियो । २०४९ सालमा फ्यानको स्थापना भए पश्चात मात्र संस्थागत रुपमा बिकास भएको पुष्प व्यवसायले हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ । हरेक बर्ष पुष्प व्यवसायको बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहेकोमा बिगत केहि बर्ष कोभिड महामारीका कारण नकारात्मक असर प¥यो । तर पुनः आ.ब. २०७९/८० देखि गति लिएको छ । हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । १११६ भन्दा बढि (नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरु संलग्न रहेको छ । पुष्प व्यवसायमा अनुमानित लगानी ७ अर्व ०७ करोड भन्दा बढि रहेको छ । पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४,००० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका छन् ।
पुष्प व्यवसायको बर्तमान अवस्था (टेबल–१)
क्र.सं. | बिबरण | आ.ब.०७५/७८ | आ.ब.०७७/७८ | आ.ब.०७८/७९ | आ.ब.०७९/८० |
१ | पुष्प व्यवसायीहरु | ७०९ | ७३२ | ७५१ | १११६ |
२ | पुष्प खेती भईरहेको जिल्ला | ४३ | ४४ | ४८ | ४८ |
३ | उत्पादन क्षेत्रफल (हेक्टर) | १५७ | १५९ | १७८ | २२१ |
४ | रोजगारी संख्या (लगभग) | ४३५०० | ३९१०० | ३९१०० | ४४००० |
आ.ब. ०७५/७६ मा पुष्पको बार्षिक कारोबार रु. २ अर्व ४२ करोड रहेकोमा आ.ब.२०७६/०७७ र आ.ब.०७७/७८ मा बर्षै भरी कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायीक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मात्र भएको थियो । तथापी आ.ब.२०७८/०८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केहि चलायमान र सुधारउन्मुख हुदा आ.ब.२०७७/०७८ को तुलानामा करिब ३०% ले पुष्पको बार्षिक कारोबारमा बृद्धि भई रु.२ अर्व ३० करोड हाराहारीमा कारोबार भएको थियो भने यस आ.बर्ष ०७९/८० मा रु.३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएको छ । आ.ब.२०७८/०७९ को तुलनामा यस आर्थिक बर्ष ०७९/८० मा करिब ३३.६३% ले बार्षिक कारोबारमा बृद्धि भएको छ ।
आ.ब. २०७९/०८० मा सिजनल फूल बिरुवा तर्फ रु २७.७९४६ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ९५.३९३७ करोड, कट फ्लावर्स तर्फ रु ५०.५७९९ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु २८.९१८३करोड, खुल्ला फूल तर्फ रु. १२.०३८९ करोड, सयपत्री तथा मखमली माला तर्फ रु. ६१.१४९८ करोड, सामग्री आपुर्ति तर्फ रु. २०.४५३८ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु १०.६२८० करोडको कारोबार भएको छ । यहि आर्थिक बर्ष ०७९/८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात तर्फ रु ६८.१८ लाख र आयात तर्फ ३३.०६४८ करोड बराबरको कारोबार भएकोे छ ।
पुष्प व्यवसायको बार्षिक कारोबार अवस्था (टेबल–२) बिबरण रु.करोड
क्र.सं. | बिबरण | आ.ब.०७५/७६ | आ.ब.०७७/७८ | आ.ब.०७८/७९ | आ.ब.०७९/८० |
१ | सिजनल फूल बिरुवा | ३३.३१४९ | १९.९८९० | २६.९८५१ | २७.७९४६ |
२ | आलंकारिक वोट बिरुवा | ६४.०९२५ | ४८.०६९४ | ६४.८९३६ | ९५.३९३७ |
३ | कट फ्लावर्स | ३४.३५५५ | ८.५८८९ | ३३.४९६६ | ५०.५७९९ |
४ | ल्याण्डस्केप तथा गार्डेनिङ्ग | २६.१९४१ | २०.९५९३ | २५.१४६३ | २८.९१८३ |
५ | खुल्ला फूल | ११.२५६६ | ६.७५४० | १०.४६८७ | १२.०३८९ |
६ | माला (सयपत्री, मखमली तथा गोदावरी) | ३९.८५ | ३५.८६५० | ३९.४५१५ | ६१.१४९८ |
७ | सामग्री आपुर्ति | १९.८३४१ | १४.८७५५ | १८.५९४४ | २०.४५३८ |
८ | अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) | १२.७३८९ | ७.६४३३ | १०.३१८५ | १०.६२८० |
९ | निर्यात (फूल बिरुवाहरु) | ०.४६५८ | ०.४८२४ | ०.७८९६ | ०.५३८१ |
१० | निर्यात (फूलको बिउ) | ०.१४०१ | ०.०४८४ | ०.१९६४ | ०.१४३७ |
बार्षिक कारोबार जम्मा रु | २४२.२४२५ | १६३.२४५६ | २३०.३४०८ | ३०७.८१४८ |
पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात तथा निर्यात कारोबार अवस्था
क्र.सं. | बिबरण | आ.ब.०७५/७६ | आ.ब.०७७/७८ | आ.ब.०७८/७९ | आ.ब.०७९/८० |
१ | निर्यात (फूल बिरुवाहरु) | ४६.५८ लाख | ४८.२४ लाख | ७८.९६ लाख | ५३.८१ लाख |
२ | निर्यात (फूलको बिउ) | १४.०१ लाख | ०.०४८४ लाख | १९.६४लाख | १४.३७ लाख |
बार्षिक निर्यात जम्मा रु. | ६०.५९ लाख | ५३.०८ लाख | ९८.६० लाख | ६८.१८ लाख | |
१ | आयात (फूल, बिरुवा तथा अन्य पुष्पजन्य बस्तुहरु) | २०.९२५८करोड | ३८.५३ करोड | ३२.७२७९करोड | २८.३५५७करोड |
२ | आयात (फूलको बिउ) | २.८४८० करोड | २.१९३४ करोड | ३.३२५६ करोड | ४.७०९१ करोड |
आयात बार्षिक जम्मा रु. | २३.७७३८ करोड | ४०.७२३४ करोड | ३६.०५३५ करोड | ३३.०६४८ करोड |