PUM Netherlands senior experts को निमन्त्रणामा फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष श्री मीन बहादुर तामाङ्गको नेतृत्वमा ७ सदस्यित पुष्प व्यवसायीहरुको टोली २०२३ जुन ९ मा त्यस तर्फ प्रस्थान गर्नु भएको छ । भ्रमण अवधी ९ दिनको रहेको र भ्रमणको उद्धेश्य पुष्प सम्बन्धि प्राबिधीक ज्ञानको आदान प्रदान, पुष्प फार्मको अवलोकन तथा पुष्पको व्यापार प्रबद्र्धन गर्नु रहेको छ । फ्यान र पम नेदरल्याण्ड सिनियर एक्सपर्ट बिच बिगत लामो समय देखि पुष्पको प्राबिधीक क्षेत्रमा सहकार्य रहदै आएको छ । बिशेष गरी पम नेदरल्याण्ड सिनियर एक्सपर्टले नेपाली पुष्प व्यवसायीहरुको दक्षता तथा क्षमता अभिबृद्धिका लागि उच्चस्तरिय प्राबिधीक सहयोग गर्दै आईरहेको छ । फ्यानले सन २०१३ देखि नै निरन्तर रुपमा पम नेदरल्याण्ड सिनियर एक्सपर्टबाट पुष्प सम्बन्धि प्राबिधीक सहयोग लिईदै आएको छ । हालसम्म फ्यानले पम नेदरल्याण्ड सिनियर एक्सपर्ट को प्राबिधीक सहयोगमा ११ वटा पुष्प सम्बन्धि तालिम संचालन गरि सकेको छ । धेरै नेपाली पुष्प व्यवसायीहरु लाभान्वित भएका छन । तालिम तथा प्राबिधीक सहयोगले गर्दा पुष्प व्यवसायीहरुको क्षमता बिकास भई गुणस्तरिय पुष्प उत्पादनमा टेवा पुगेको छ ।
कोभिड–१९ कारण बिगत दुई बर्ष ब्रेक भएपनि यस बर्ष भने दुईवटा तालिम संचालन गरिएको थियो । पहिलो “गोदावरी फूलको व्यवसायीक उत्पादन तालिम” र दोस्रो “बिरुवाको लागि आबश्यक खाद्यतत्व तथा पानीको व्यवस्थापन तालिम” रहेको थियो । पम नेदरल्याण्ड सिनियर एक्सपर्ट का बिषय बिज्ञ प्राबिधीकहरु नेपालमा आई पुष्प खेती प्रबिधी सम्बन्धि प्राबिधीक सहयोग तथा तालिम प्रदान गर्ने मात्र नभै नेपाली पुष्प व्यवसायीहरुलाई समय सापेक्ष नेदरल्याण्डमा एक्स्पोजर भिजीटमा बोलाई प्राबिधीक सहयोग गर्ने गरेको छ । यस बर्षको भ्रमण पनि यसैको निरन्तरता रहेको छ । नेदरल्याण्ड स्थित पुष्प व्यवसायको क्षेत्रमा भए गरेको बिकास, बजार तथा नयाँ प्रबिधीको प्रयोगबारे अवलोकन गर्ने छ । ठूला ठूला पुष्प फार्महरुले प्रयोगमा ल्याएको प्रबिधीको अध्ययन गर्नेछ साथै दुई देश बीचको पुष्पको व्यापार प्रबद्र्धनमा समेत यो भ्रमणले सहयोग र सहकार्य गर्नेछ । भ्रमण टोली सन २०२३ जुन १७ मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।