१९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना हुने
फ्लोरिकल्चर एशोसिएसन नेपाल को आयोजनामा पुष्प व्यवसायको विकास, विस्तार, व्यवसायीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष नेपालीहरूको प्रमुख पर्व तिहारलाई लक्षित गरी संचालन हुदै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी “रोपेर फूल गोदावरी, सजाऔँ घर–आँगन वरिपरि” भन्ने मूल नाराका साथ १९ औँ संस्करणको रुपमा बि.सं.२०८३ कार्तिक १२ देखि १६ गतेसम्म जाउलाखेल फुटबल मैदान, ललितपुरमा आयोजना गर्न लागिएको छ ।
कार्यक्रमको नामः १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३
मितिः २०८३ कार्तिक १२ गतेदेखि १६ गतेसम्म
स्थानः जाउलाखेल फुटबल मैदान, ललितपुर
अवधिः ५ दिन
स्टल संख्याः ८६ वटा
आयोजकः फ्लोरिकल्चर एशोसिएसन नेपाल, ज्वागल, ललितपुर
उक्त प्रदर्शनीमा पुष्प व्यवसाय सञ्चालन गरिरहेका नर्सरी, फर्म, उत्पादक, थोक तथा खुद्रा विक्रेता, पुष्प आयात–निर्यातकर्ता, पुष्प व्यवसाय सम्बन्धी सेवा प्रदायक, सरकारी तथा गैरसरकारी संघ–संस्था लगायतको सहभागिता सहित जम्मा ८६ वटा स्टल रहनेछ । साथै, विभिन्न प्रजातिको गोदावरी फूलको प्रतियोगिता तथा प्रदर्शनी, पुष्प तथा पुष्पजन्य वस्तुको बिक्री, व्यवसायिक अन्तरक्रिया, पुष्प व्यवसाय सम्बन्धी परामर्श तथा प्रविधि र सेवाको जानकारी समेत उपलब्ध हुनेछ ।
नेपालमा पुष्प व्यवसायले रोजगारी तथा स्वरोजगारी सिर्जना, आयात प्रतिस्थापन, स्थानीय उत्पादनको बजार विस्तार, उद्यमशीलता विकास, वातावरणीय संरक्षण, हरियाली प्रवद्र्धन तथा शहरी सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस क्षेत्रको व्यवसायिक विकास, बजार विस्तार तथा प्रबद्र्धनका लागि यस्ता प्रदर्शनीले उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नुका साथै गुणस्तरीय उत्पादन, स्वस्थ प्रतिस्पर्धा, नयाँ प्रविधिको प्रयोग र व्यवसायिक सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको अग्रणी प्रतिनिधिमूलक संस्थाका रूपमा उद्यमशीलता, व्यवसाय प्रवद्र्धन, उत्पादन वृद्धि तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा नेपाली पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्न पाउनु हामीहरूका लागि महत्वपूर्ण हुनेछ ।
अतः नेपाली पुष्प व्यवसायको व्यवसायिक विकास, विस्तार, उत्पादनको गुणस्तर सुधार, आयात प्रतिस्थापन तथा हरित अर्थतन्त्र प्रवद्र्धनमा सहयोग पुग्ने यस महत्वपूर्ण कार्यक्रमलाई यहाँहरुको सकृया सहभागीताका लागि हार्दिक अनुरोध गर्दछौ ।