संस्थाको उद्देश्यहरु
- स्वदेशी तथा बाह्य बजारमा पुष्प उत्पादनको प्रवद्र्धन गर्ने ।
- पुष्प व्यवसायलाई निर्यातमुखी व्यवसायका रूपमा स्थापित गर्न जनचेतना जगाउने र यस व्यवसायमा लाग्न प्रेरित गर्ने ।
- पुष्प व्यवसाय सम्बन्धी आबश्यक मापदण्डहरू सेट गर्ने ।
- पुष्प व्यवसायको प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने तर्फ काम गर्ने ।
- साना कृषक र उद्यमीहरूलाई व्यावसायिक फूल उत्पादन गर्न प्रोत्साहित गर्ने र अन्ततः गरिबी निवारणको प्रयास गर्ने।
- फूल बिरुवाहरुको उत्पादन, व्यवस्थापन, र मार्केटिङ कौशल अपग्रेड गर्न मद्दत गर्ने।
- अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पुष्प उत्पादन गर्ने प्रयासमा सदस्यलाई गुणस्तरीय तालिम र जानकारी प्रदान गर्ने ।
- दीर्घकालीन रुपमा देशको आर्थिक आम्दानी बढाउन सहयोग गर्ने ।
- पुष्प व्यवसाय प्रवर्द्धनका लागि आबश्यक क्रियाकलाप गर्ने ।
- देशका पुष्प व्यवसायीहरुको हितमा दबाब समूहको रुपमा काम गर्ने ।
- पुष्प व्यवसायको प्रवर्द्धन र विकासका लागि उपयुक्त नीति, कानून, ऐन, योजना र कार्यक्रमहरू तर्जुमा गर्न फ्लोरीकल्चर क्षेत्रको तर्फबाट सल्लाहकार सहयोग र नीति पैरवी वकालत प्रदान गर्ने।
- पुष्प व्यवसायीहरुले भोग्नुपरेका समस्या र सम्भावनाहरुको पहिचान गरी तिनको समाधानका लागि सम्भावित पहल गर्ने ।
- नेपालमा पुष्प उद्योगको बढ्दो र फस्टाउँदै गइरहेको विकासलाई प्रवर्द्धन गर्न सबै प्रकारका फूल प्रदर्शनी, एक्स्पो, प्रतियोगिता र सम्मेलन आयोजना गर्ने ।
- पुष्प खेती सम्बन्धी सम्पूर्ण जानकारीहरुको संकलन र सम्पादन गरी सदस्यहरु माझ सुसुचित गर्ने।