२०७४ कार्तिक ३० गते काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नो रजत जयन्ती महोत्सबको अवसरमा पूर्व कार्यसमिति सदस्य लगायत फ्लोरिकल्चर क्षेत्रमा उल्लेखनिय योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ। फ्यानले बिहीबार राजधानीमा मनाइएको रजत जयन्ती महोत्सबको अवसरमा प्रमुख अतिथी माननिय कृषि विकास राज्य मन्त्री सरिता प्रसाईज्यूबाट फ्लोरिकल्चर क्षेत्रमा उल्लेखनिय योगदान दिने ७१ जनालाई व्यक्तिहरुलाई सम्मान माला, दोसल्ला र ताम्रपत्र प्रदान गर्दै सम्पन्न भएको थियो ।